logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

२८ जना बालबालिकालाई कथा लेखन सम्बन्धि ३ दिने तालिम प्रदान


  • उज्यालो अभियान

हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिका तथा पर्सा गाउपालिकाका २८ जना बालबालिकाका लागि महत्वपूर्ण परिवर्तन सम्वन्धी तीन दिने कथा लेखन तालिम तथा अभ्यास कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा बागमती सेवा समाजको आयोजनामा सप्पन्न तालिममा १५ जना बालिका तथा १३ जना बालक सहभागी भएका कार्यक्रम संयोजक प्रमेश बादेले जानकारी दिए।

समाजमा भएको विभिन्न परिवर्तन तथा घटनालाई समेटेर कथाको रुप तयार पार्नु तालिमको मुख्य उद्देश्य रहेको तालिम सहजकर्ता सीता चौधरीले बताईन् । कथा लेखन तालिममा सहभागी भएपछि धेरै नौलो कुरा सिक्न पाएको र आफ्नो समाजमा भएको विभिन्न परिवर्तन तथा घटनालाई पारदर्शिता दिन कथा लेख्ने बानी बसाल्ने प्रतिबद्धता सहभागी बालबालिकाले गरेको गरेका छन् ।

तीन दिन सम्म चलेको तालिमको सहजकर्ताको रुपमा वल्र्ड भिजन इन्टरनेट नेपालबाट सीता चौधरी, बागमती सेवा समाजबाट प्रमेश बादे, पत्रकार जनार्जन खत्री तथा मुकेश झा रहेका थिए ।