logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

मानव सेवाश्रमलाई स्वास्थ्य सामग्री हस्तान्तरण


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–१, कैलाशपुरीमा रहेको मानव सेवाश्रमलाई आज स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरधामबाट ल्याएर मानव सेवाश्रमलाई स्वास्थ्य सामग्री प्रदान गरिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले जानकारी दिए । उनका अनुसार आश्रमलाई १२ प्रकारका मानसिकसहित १५ किसिमका औषधि, १ थान अक्सिजन कन्स्टे«टर सहयोग गरिएको हो ।

नगरप्रमुख रमेश बुढाथोकी (कमल), प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, स्वास्थ्य शाखा प्रमुख चौधरी, हरिवन स्वास्थ्य चौकीका इन्चार्ज श्यामविनोद कुशवाहाले आश्रममा पुगेर ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ