फाईल तस्बिर ।
मलंगवा, भदाै २३ – सर्लाही सदरमुकाम मलंगवामा दुई पक्षबीझ झडप हुने सम्भावना बढेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेकाे छ ।
शनिबार साँझ ५ बजेदेखि आईतबार बिहान ८ बजेसम्म सदरमुकाम मलंगवा बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएकाे प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।
शुक्रबार बेलुका कृष्ण जन्माअष्टमीको मूर्ति बिसर्जन गर्नेक्रममा शुक्रबार बेलुका दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्र अशान्त बन्दै गएकाे छ । स्थिती नियन्त्रण बाहिर जाने स्थिती देखिएकाले स्थानीय प्रशासन ऐेन २०२८ अनुसार कर्फ्यू आदेश जारी गरिएकाे प्रजिअ यादवले उज्यालाे अभियानलाई जानकारी दिए ।
´मिति २०८० भाद्र २२ गते शुक्रबार राती मुर्ती सेलाउने क्रममा भएको विवाद सम्बन्धी विषयलाई लिएर साविक मलंगवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले`, कर्फूयू आदेशमा भनिएकाे छ, ´पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सिमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/पेट्रोल पम्म सिमा क्षेत्र) भित्र आज मिति २०८०।०५।२३ गते बेलुका ५:०० बजे देखी भोली मिति २०८०।०५।२४ गते बिहान ८:०० बजे सम्म कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न एवम् अरु कुनै प्रकारको उत्श्रृंखल क्रियाकलाप गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम देहायको क्षेत्रहरुमा कर्फ्यू आदेश जारी गरिएको छ । यो आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारवाही समेत गर्न सक्नेछ ।`
कर्फ्यू आदेशकाे उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले गाेली प्रहार गर्नेसम्मकाे अधिकार प्रत्यायाेजन गरिएकाे एक सुरक्षा अधिकारीले जानकारी दिए ।