logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

चर्काे गर्मी छल्न भन्दै पाेखरीमा नुहाउन पसेका बालककाे डुबेर मृत्यु


  • उज्यालो अभियान

पाेखरीमा डुबेका बालककाे शव बाहिर निकालेपछि जम्मा भएका स्थानीयबासी । (तस्बिर : उज्यालाे अभियान)

बबरगंज – चर्काे गर्मी भएपछि पाेखरीमा नुहाउन पसेका चन्द्रनगर गापा-२ निवासी एक बालककाे डुबेर मृत्यु भएकाे छ ।

वडा नम्बर २ बबरगंज स्थित मुसहरी टाेला निवासी गणेश महताेकाे छाेरा ६ वर्षिय अनुष महताेकाे शुक्रबार दिउँसाे पाेखरीमा डुबेर मृत्यु भएकाे हाे । चर्काे गर्मी भएकाले घर छेउमै रहेकाे पाेखरीमा अनुष सहित उनकी बहिनी लगायत गाउँका ९/१० जना बालबालिका दिउँसाे पाैडी खेल्न पसेकाे स्थानीयले जनाएका छन् ।

करिब ३ बजेतिर अनुष डुबेकाे र गाउँलेहरुले बाहिर निकाल्दा मृत्यु भईसकेकाे प्रहरीले जनाएकाे छ । मृतक अनुषका बुबा वैदेशिक राेजगारीमा रहेका र आमा लगायत परिवारका अन्य सदस्यहरु समेत घरबाहिर काममा गएकाे बेला उनिहरु पाैडी खेल्न पाेखरीमा पसेका हुन् ।

आफूहरुलाई दिउँसाे साँढे तीन बजे बालक डुबेकाे खबर प्राप्त भएकाे ईलाका प्रहरी कार्यालय ईश्वरपुरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । हाल घटनास्थल प्रकृति मुचुल्का लगायत प्रकृया पूरा गरेर बालककाे शव पाेष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल पठाउने तयारी भईरहेकाे प्रहरी निरीक्षक केसीले बताए ।