logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

पिडारीमा १०० थान कम्बल वितरण


  • उज्यालो अभियान

File Picture

पिडारी – सर्लाहीको हरिपुर नगरपालिका–९, पिडारीमा बुधबार चिसोबाट प्रभावितलाई सय थान कम्बल वितरण गरिएको छ ।

श्री सत्य साईबाबा संगठन काठमाडाैंले उपलब्ध गराएको सय थान कम्बल पिडारीका गरिव तथा अतिविपन्न परिवार छनौट गरी वितरण गरिएको हो ।

संगठनका पदाधिकारीसहित नेपाली कांग्रेसका नेता कुवेर आचार्य, यादव दाहाल लगायत कम्बल वितरणका लागि पिडारी पुगेका थिए ।