प्रतिकात्मक तस्बीर ।
विष्णु, १५ भदौ – सर्लाहीको बिष्णु गाउँपालिका-३ मधुबनगोठ निवासी एक वृद्धाको बारुलाले टोकेर मृत्यु भएको छ ।
आइतबार दिउँसो ३ बजे खेतमा घाँस काट्दै गरेकी स्थानीय जोगिन्द्र महतोको श्रीमती ७६ वर्षीया रहन देवीको खेतमा घाँस काट्ने क्रममा बारुलाले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए । बारुलाले टोकेर घाइते भएकी रहन देवीलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पश्चात थप उपचारको लागी प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । जनकपुरमा उपचारकै क्रममा रहन देवीको आइतबार राती साँढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।