नवलपुर, ११ माघ – सर्लाहीको नवलपुरस्थित मोहन आयुर्वेद औषधालयमा उपचार गर्न ल्याइएको बिरामी १८ वर्षीया हंसु पासवानको मृत्यु भएको छ ।
पाइल्सको समस्याका कारण रक्तश्राप भएपछि उपचारका लागि उक्त औषधालयमा ल्याइएकी लालबन्दी २ पुनर्वास निवासी हंसुको मृत्यु भएको हो । नवलपुरबाट नमूना अस्पताल हरिवन लैजाँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनापछि केही समय तनावग्रस्त बनेको नवलपुरको अवस्था विस्तारै सामान्य बन्न थालेको छ । पूर्वपश्चिम राजमार्गको चक्काजाम पनि खुलेको छ ।
प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ पठाएको छ । मोहन आयुर्वेद औषधालयका वैद्य रामविनय साह प्रहरीको नियन्त्रणमा रहेका छन् ।