logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मानव अधिकारको अवस्थाबारे छलफल


  • उज्यालो अभियान

मलंगवा, २३ पुस – राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशको टोलीले आज सर्लाहीका मानव अधिकारकर्मीसँग छलफल गरेको छ ।

आयोगका मधेश प्रदेश प्रमुख बुधनारायण सहनीको नेतृत्वमा आएको टोलीले सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको सभा हलमा जिल्लाका मानव अधिकारकर्मी, नागरिक समाज, संचारकर्मीलगायतसँग जिल्लाको मानव अधिकारको अवस्थाबारे जानकारी लिँदै अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा आयोगको केन्द्रीय कार्यालयका अधिकृत इन्द्रजित सहनी, मानव अधिकार रक्षक सन्जाल सर्लाहीका अध्यक्ष मुकेश मिश्र, नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा, महासचिव शिवशंकर चौधरी, डा. अब्दुल रहिम मिकरानी, दलित अगुवा राजेश पासवान, उद्योग वाणिज्य संघ मलंगवाका सदस्य गणेश गुप्तालगायतले मन्तव्य व्यक्त गरेका छन् ।

सहभागीले राष्ट्रिय मानव अधिकार आयोगको टोलीसँग जिल्लामा मानव अधिकारको अवस्था दयनीय रहेको बताएका छन् ।