ईश्वरपुर, २१ पुस – सर्लाहीको ईश्वरपुर नगरपालिका–९, कुरिनिया टोलका ३८ जना बालबालिकालाई आज न्यानो कपडासहितको झोला (कपडा किट) वितरण गरिएको छ ।
ईश्वरपुर ९ मै रहेको जनता आधारभूत विद्यालय खोरियाटोलको प्राङ्गणमा ग्रामीण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारी तथा ईश्वरपुर नगरपालिकाको समन्वयमा सञ्चालित समुन्नति परियोजनाको आर्थिक सहयोगमा बालबालिकालाई उक्त सहयोग गरिएको हो । ग्रामीण नारी उत्थान संघकी अध्यक्ष गोमादेवि न्यौपानेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षक, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र समाजसेवीको उपस्थितिमा कुरिनिया टोलका १० वर्षदेखि १३ वर्षसम्मका ३८ जना दलित अतिविपन्न समुदायका किशोरकिशोरी र तिनका परिवारलाई जाडोमा लगाउन न्यानो कपडा प्रदान गरिएको हो ।

३८ जनालाई जनही हाईनेक –२ थान, टावेल १ थान,मोफलर – १ थान,पन्जा–१ सेट, टाउजर छोटो–२ थान, मोजा ठुलो २ थान,मोजा सानो–४ थान,टाउजर ठुलो–२ थान, स्विटर – १ थान, टोपी छोटो–१ स्थान, थर्मस–१ स्थान, पैन्ट मिडियम –२ थान, पैन्ट ठूलो –२ थान, झोला–१ थान,टोपी मेडियम–१ थान, टाउजर मेडियम–१ थान र ज्याकेट – १ सेट प्रदान गरिएको ग्रामीण नारी उत्थान संघले जनाएको छ ।

उक्तसामाग्री बालबालिकाहरूको पढाई र बढ्दो जाँडो मौसमलाई स्वास्थ्यको हिसावले मध्यनजर गरी वितरण गरिएको संस्थाका अध्यक्ष न्यौपानेले बताइन् । उक्त सामग्री पाएका बालबालिकाहरू र अभिभावकहरू खुसी हुँदै संस्थालाई धन्यवाद ज्ञापन गरेका छन् ।