logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नेकपाले १२ गते मलंगवामा एकता भेला गर्ने, ‘प्रचण्ड’ आउने


  • उज्यालो अभियान

मलंगवा, ०७ पुस – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पुस १२ गते शनिबार सदरमुकाम मलंगवामा एकता भेला गर्ने भएको छ ।

त्यसका लागि अहिले प्रत्येक निर्वाचन क्षेत्र तथा पालिकाहरुमा तयारी बैठकहरु भइरहेका पार्टीका नेता सुरेन्द्र लामाले जानकारी दिए । आज सदरमुकाम मलंगवामा एकता भेलालाई पूर्णता दिने तयारी बैठक सम्पन्न भएको लामाले बताए । उनका अनुसार नेपाली कम्युनिष्ट पार्टीमा सर्लाहीमा ७ वटा घटक सामेल भएका छन् ।

१२ गतेको उक्त भेलालाई पार्टीले ऐतहासिक एकता भेला भनेको छ । भेलालाई पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठलगायतले सम्वोधन गर्ने बताइएको छ ।

विभिन्न पार्टी मिलेर गठन भएको नेकपालाई अहिले देशभर एकता भेलासँगै अब फागुन २१ को उम्मेदवार चयन गर्ने चटारो पनि रहेको छ ।