logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कांग्रेस : सर्लाहीको क्षेत्र नं. ३ बाट ९ जनाको नाम सिफारिस


  • उज्यालो अभियान

हरिवन, २७ मंसिर – नेपाली कांग्रेस क्षेत्र नं. ३ को क्षेत्रीय समितिले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ९ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

क्षेत्र नं. ३ बाट आगामी निर्वाचनमा प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ ९ जनाले दाबी गरेपछि क्षेत्रीय कार्य समितिले नौ जनाकै नाम जिल्ला कार्य समितिमा सिफारिस गर्ने भएको हो । क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ चुनाव लड्न निरज कार्की, हरेशप्रसाद महतो, विनोदकुमार खनाल, कृष्णदेव राय, रामबली राय, यशोदा निरौला चालिसे, माया कार्की बस्नेत, निरमुनी मैनाली र रमेशकुमार निरौलाले इच्छा व्यक्त गरेका छन् ।

प्रत्यक्षतर्फ उनीहरु सबैको नाम सिफारिस गरिने क्षेत्रीय सभापति पुण्यप्रसाद घिमिरेले बताए । पार्टी केन्द्रीय कार्य समितिले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न परिपत्र गरे पनि धेरै जनाले दाबी पेश गरेपछि निर्णय गर्नै सकस परेको छ ।

क्षेत्र नं. ३ ले समानुपातिक उम्मेदवार र राष्ट्रियसभातर्फका उम्मेदवारको नाम भने सिफारिस गर्न सकेको छैन् । समानुपातिक र राष्ट्रियसभा तर्फका उम्मेदवारको नाम पनि भोली सिफारिस गर्ने क्षेत्रीय सभापति घिमिरेले उज्यालो अभियाानसँग बताए ।

सर्लाहीमा कांग्रेसले यसअघि क्षेत्र नं. १, २ र ४ बाट नामावली सिफारिस गरिसकेको छ । अब पर्सीसम्ममा जिल्ला कार्य समितिको बैठक बसेर क्षेत्रीय कार्य समितिहरुले गरेको सिफारिसका आधारमा सम्भावित उम्मेदवारहरुको नाम प्रदेश र केन्द्रीय कार्य समितिलाई पठाइने जिल्ला सचिव निरज कार्कीले बताए ।