बलरा, २२ मंसिर – नेपाली कांग्रेसका पुराना नेता एवं प्रजातन्त्र सेनानी शिवचन्द्र तिवारीको निधन भएको छ ।
८७ वर्षीय तिवारीको आज बिहान बलरा नगरपालिकास्थित अचलगढमा निधन भएको हो । कांग्रेसका लडाकुको रुपमा परिचित तिवारीको पार्थिव शरीरमा कांग्रेस सर्लाहीका निवर्तमान सभापति सुरेन्द्रप्रसाद सिंह, जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंह, कांग्रेसका नेताहरु अशोक खनाल, विनोद खनाल, काशिकान्त सिंह, काशी अकेला, अशोक सिंह, पप्पु यादवलगायतले पार्टीको तारतारे झण्डा ओढाएर श्रद्धान्जली व्यक्त गरेका छन् ।
कांग्रेस सर्लाहीले प्रजातन्त्र सेनानी बासुदेवशरण कोइरालालाई गुमाएको केही महिनाभित्रै अर्का प्रजातन्त्र सेनानी शिवचन्द्र तिवारीलाई समेत गुमाएको हो ।