बयलवास, ०८ मंसिर – सर्लाहीको बयलवासमा आज संयुक्त नागरिक पार्टीको मधेश प्रदेशस्तरीय भेला सम्पन्न भएको छ ।
ईश्वरपुर नगरपालिका ७ स्थित बयलवास बजारमा रहेको व्यापार संघको भवनमा पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीको प्रमुख आतिथ्यतामा प्रदेश भेला सम्पन्न भएको हो । यो पार्टी पनि फागुन २१ को निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएको छ ।
निर्वाचनको तयारीस्वरुप आम नागरिकलाई पार्टीबारे बुझाउन प्रदेशस्तरीय भेला तथा देशको वर्तमान परिस्थितिमा हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको संयुक्त नागरिक पार्टीका मधेश प्रदेश सह–इन्चार्ज नवीन साहले जानकारी दिए ।