logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ब्रम्हपुरीका अध्यक्ष भन्छन–राति आक्रमणको प्रयास भयो


  • उज्यालो अभियान

ब्रम्हपुरी, ०१ मंसिर – सर्लाहीको ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहले आफू र आफ्नो परिवारमाथि राति आक्रमणको प्रयास भएको गुनासो गरेका छन् ।

जेनजी पुस्ताको नाममा केही अराजक मानिस आएर आफ्नो छोरा तथा आफू र परिवारका अन्य सदस्यमाथि दुव्र्यवहार भएको उनले बताएका हुन् । भदौ २४ गते जेनजी आन्दोलनको क्रममा पनि गाउँपालिका अध्यक्ष साहको घरमा आक्रमण भएको थियो ।

गाउँपालिका अध्यक्ष साहले आज पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउने उज्यालो अभियानसँग बताए ।

सर्लाही प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताएको छ ।