logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बरहथवा बजारमा एमालेको प्रदर्शन


  • उज्यालो अभियान

(तस्बीर : घनश्याम सिंह/बरहथवा)

बरहथवा, २९ कात्तिक – नेकपा एमाले सर्लाहीले लोकतन्त्रको रक्षा र संविधानको संरक्षणका लागि भन्दै आज प्रदर्शन गरेको छ ।

एमाले जिल्ला कमिटीले बरहथवा बजारमा जनप्रदर्शन तथा सभा सम्पन्न गरेको हो । जेनजी आन्दोलनका कारण आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकार ढलेपछि एमालेले क्रमिकरुपमा सभा, सम्मेलन र प्रदर्शनको कार्यक्रम आयोजना गरी सक्रिया बढाउँदै लगेको छ ।

एमाले सर्लाहीले यसअघि कात्तिक २५ गते मङ्गलबार पालिकास्तरमा जनप्रदर्शन र सभा आयोजना गरेको थियो ।

बरहथवा नगरपालिका–५, स्थित गोरु बजारमा कोणसभा सहित कार्यक्रमको समापन गरिएको एमाले सर्लाहीका उपाध्यक्ष विदुरकुमार प्याकुरेलले बताउनुभयो ।