logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

साफ यू–१७ च्याम्पियनशीप : सर्लाहीका ३ खेलाडी पनि बन्द प्रशिक्षणमा


  • उज्यालो अभियान

लालबन्दी, २९ साउन – श्रीलंकामा हुने १७ वर्षमुनिको साफ च्याम्पियनशीपका लागि सर्लाहीका तीन जना खेलाडीलाई बन्द प्रशिक्षण (क्लोज क्याम्प) मा बोलाइएको छ ।

लालबन्दी २ का सुजन स्याङतान, लालबन्दी ६ का प्रशान्त मोक्तान र लालबन्दी १७ का सुरज बराइलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणमा बोलाएको हो । देशभरबाट ४५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइँदा सर्लाहीबाट पनि तीन जना परेका सर्लाही जिल्ला फुटबल संघका महासचिव शिवहरि गौतमले जानकारी दिए ।

प्रायः प्रत्येकजसो उमेर समूहको राष्ट्रिय प्रतियोगितामा सर्लाहीका खेलाडी पर्दै आइरहेका छन् ।