logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

स्वास्थ्य शिविर सम्पन्न गर्न सहयोग गर्नेप्रति धन्यवाद ज्ञापन


  • उज्यालो अभियान

बयलवास, १६ असोज – नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ ले केही दिनअघि बृहत स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न सहयोग गर्नेप्रति धन्यवाद ज्ञापन गरेको छ ।

क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीको अध्यक्षतामा ईश्वरपुरस्थित क्षेत्रीय पार्टी कार्यालयमा बसेको बैठकले ईश्वरपुर ८ रामपुरस्थित विद्यालयमा आयोजित शिविर सफल पार्न सहयोग गर्ने काठमाडौं मेडिकल कलेज, नोबेल अस्पताल, सांसद सुनिल शर्मासहित सबैप्रति धन्यवाद ज्ञापन गरेको हो । बैठकले देशभर बाढी, पहिरो र डुबानले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत, उद्धारको काममा तीव्रता दिन सरकारसँग माग गरेको कांग्रेस महासमिति सदस्य युवराज देवकोटाले जानकारी दिए ।

यसैबिच बाढी, पहिरोमा परेर ज्यान गुमाएका व्यक्तिको आत्माको शान्ति र घाइतेको शिघ्रस्वास्थ्यलाभको कामना गर्दै नेविसंघ जनज्योति बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा गएसाँझ दीप प्रज्वलन गरिएको छ ।