logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी ११ सेतीभिरमा निःशुल्क स्वास्थ्य शिविर, ७४ जना लाभान्वित


  • उज्यालो अभियान

लालबन्दी, २९ भदौ – लालबन्दी नगरपालिकाको वडा नं. ११ सेतीभिरस्थित जिम्बा टोलमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र लालबन्दी ११ को आयोजना, वडा कार्यालयको सहयोग र लालबन्दी जेसीजको सहकार्यमा उक्त वडाको दुर्गम क्षेत्रमा पर्ने जिम्बा टोलमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । शिविरमा ७४ जना स्थानीय आएर विभिन्न रोगको उपचार गराई औषधी लगेका आधारभूत स्वास्थ्य सेवा केन्द्र लालबन्दी ११ का इन्चार्ज राजकुमार सिंहले जानकारी दिए ।

शिविरमा आएका स्थानीयको सुगर समेत निःशुल्क परीक्षण गरिएको थियो । वडाध्यक्ष दीपककुमार लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाका सुरेन्द्र खतिवडा, वडा सचिव हस्तबहादुर रेग्मी, आधारभूत स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समिति सदस्य कृष्ण लोप्चन, लालबन्दी जेसीजका अध्यक्ष उपेन्द्र महतो, महिला स्वास्स्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय अगुवाहरुको उपस्थिति रहेको थियो ।