जग्गा प्रदान गर्ने लिखित प्रतिवद्दता पत्र नगर प्रमुख मनाेज कुमार आचार्यलाई बुझाउँदै विष्णु महताे(दायाँ) ।
ईश्वरपुर, ०८ जेठ – सर्लाही ईश्वरपुुर नगरपालीका निवासी एक दम्पतिले ईश्वरपुर नगरपालिका कार्यालयलाई १ करोड बढी बराबरको जग्गा दान गरेका छन् ।
स्थानिय विष्णु प्रसाद महतो र श्रीमती अनिता महतो दम्पतिले आफ्ना स्वर्गीय छोरा ऋषभ महतोको स्मृतिमा नगरपालिकालाई जग्गा प्रदान गर्ने लिखित प्रतिवद्दता व्यक्त गरेका हुन् । ईश्वरपुर-९ स्थित फुुलजोर-त्रीभुुवननगर सडकखण्डवाट १०० मिटर भित्रको रहेको उक्त जमिनकाे अहिलेकाे चलनचल्ती अनुसार १ कराेड रुपैया भन्दा बढी पर्ने एक स्थानीयले बताए । उक्त जमिनमा स्वर्गीय छोरा ऋषभको नाममा अस्पताल निर्माण हाेस् भन्ने चाहना सहित विष्णु दम्पतिले जग्गा दान गरेका हुन् ।
नगर प्रमुख मनोज आर्चायले दाताको चाहना अनुसार अब बस्ने कार्यपालीकाको बैठकबाट जमिन पालिकाको नाममा ल्याउने प्रकृया सुरु गरिने र नाममा आईसकेपछि विभिन्न सहयोगी संस्था तथा निकायको सहयोगमा पालीका स्तरिय अस्पताल निर्माण गरिने जानकारी दिए । निकै ठूलाे मनका साथ नगरपालिकालाई जग्गा दान गर्ने परिवारप्रति प्रमुख आचार्यले आभार समेत प्रकट गरे ।