logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी नगर अस्पतालमा आज एकैदिन शल्यक्रियाबाट ३ जना गर्भवतीलाई प्रसुति गराइयो


  • उज्यालो अभियान

लालबन्दी, चैत १६ – नगर अस्पताल लालबन्दीमा आज एकैदिन ३ जना गर्भवतीलाई शल्यक्रिया अर्थात् अप्रेसन गराएर प्रसुति गराइएको छ ।

अस्पतालले फागुन २१ गतेबाट सिएस सेवा सुरु गरेको थियो । आज पहिलो पटक एकैदिन ३ जना गर्भवतीलाई शल्यक्रिया गराई प्रसुति गराइएको हो ।

नगर अस्पतालका इन्चार्ज समेत रहेका प्रसुति तथा महिला रोग विशेषज्ञ डा. रामविश्वास राय नेतृत्वको टोली परिचालन गरी पछिल्लो समय प्रसुति सेवा दिने गरिएको छ । डा. रामविश्वास नेतृत्वको टोलीले आज लालबन्दी ७, लालबन्दी ९ र लालबन्दी ११ की ३ जना गर्भवतीलाई सिएस गराएर प्रसुति गराएको नगर अस्पताल लालबन्दीले जनाएको छ ।

आफ्नै ठाउँ नगर अस्पताल लालबन्दीमा सिएस सेवा सुरु भएपछि प्रसुतितर्फ ह्वात्तै चाप बढेको छ । सेवा सुधारिएकाले अस्पतालमा ओपिडीतर्फ पनि चाप बढ्दो नै रहेको अस्पतालका इन्चार्ज डा. रायले बताए ।