logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ईश्वरपुरमा पनि दुई दिने निःशुल्क स्थायी वन्ध्याकरण शिविर प्रारम्भ


  • उज्यालो अभियान

तस्बीर : प्रकाश मैनाली/उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकामा पनि आजबाट दुई दिने निःशुल्क परिवार नियोजन स्थायी वन्ध्याकरण शिविर (मिनिल्याप र भ्यासेक्टोमी क्याम्प) सुरु भएको छ ।

ईश्वरपुर नगरपालिकास्थित नगर अस्पताल मलंगवामा आयोजित शिविरको आज मेयर मनोजकुमार आचार्य, उपमेयर रन्जितादेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षसहितको उपस्थितिमा उद्घाटन गरिएको छ ।

शिविरमा डा. कविता अधिकारी नेतृत्वको टोलीले महिला तथा पुरुषको स्थायी वन्ध्याकरण गर्ने कार्यक्रम संचालक ईश्वरपुर आँखा उपचार केन्द्रका उपाध्यक्ष प्रकाश मैनालीले बताए ।

बयलवासको यो शिविर पनि स्वास्थ्य कार्यालय मलंगवा र सुनौलो परिवार नेपालसँगको सहकार्यमा संचालन गरिएको हो ।