हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका २ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीलाई आज सम्मान गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिले एक कार्यक्रमको आयोजना गरी त्यहाँ कार्यरत कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरेको हो । स्वास्थ्य केन्द्र संचालन समितिका अध्यक्ष समेत रहेका हरिपुर नगरपालिका २ का वडाध्यक्ष निलबिक्रम थापाको अध्यक्षता तथा हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पन्जियारको प्रमुख आतिथ्यता एवं नगर उपप्रमुख निलमदेवी राय यादवको विशिष्ठ आतिथ्यतामा कर्मचारीलाई सम्मान गरिएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
कर्मचारीलाई एक–एक थान ब्याग प्रदान गरी अबिर र माला लगाएर सम्मान गरिएको वडाध्यक्ष थापाले बताए ।