logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

बागमती नदिले खतरा तह नाघ्याे, सचेत हुन आग्रह


  • उज्यालो अभियान

बागमती नदिमा आएकाे बाढी । (फाईल तस्बिर : उज्यालाे अभियान)

बागमती, साउन २३ – सर्लाही र राैतहटकाे सिमा बागमती नदीमा जल सतहले खतराकाे तह नाघेकाे छ । बाढी निकै बढेपछि बागमति सिंचाई ब्यारेजका ३५ वटै ढाेका खाेलिएकाे छ ।

बिहान साँढे ६ बजेदेखि पाैने ७ बजेसम्म नाप्दा बागमतीमा पानीकाे सतह ८ मिटर २० सेन्टिमिटर पुगेकाे पँधेरा दाेभान जल सतह मापन केन्द्रका लिलाम्बर खनालले जानकारी दिए । सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार बागमती नदिकाे सिँचाई ब्यारेज भन्दा उत्तर पानीकाे सतह साँढे ६ मिटर बढी गहिराई भएपछि खतरा मानिन्छ ।

´आज बिहान साँढे ६ बजेदेखि पाैने ७ बजेसम्म मापन गर्दा ८ मिटर २० सेन्टिमिटरसम्म पुगेकाे थियाे´, खनालले मंगलबार बिहान उज्यालाे अभियानसँग भने, ´पानी निरन्तर परिरहेकाले अहिले त बाढी बढेर जल सतह अझै बढिसक्याे हाेला । बिहान ८ बजे बाढी बढेर ९ मिटरसम्म पुगेकाे थियाे ।

बागमती नदीमा बाढी अझ बढ्दै गए दक्षिणी तटिय क्षेत्रमा क्षति पुर्याउन सक्ने भएकाले सर्बसाधारणलाई सचेत एवं सुरक्षित उपाय अपनाएर बस्न स्थानीय प्रहरी प्रशासनले आग्रह गरेकाे छ । जिल्ला स्थित लखन्देही, कालिञ्जाेर, चापिनी, फूलजाेर, बाँके लगायत खाेलाहरुमा पनि बाढी आईरहेकाे स्थानीयले बताएका छन् । तर बाढीले जिल्लाका कुनै पनि स्थानमा क्षति पुर्याएकाे भन्ने जानकारी नआएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ ।