वडाध्यक्षमा विजयी बायाँबाट क्रमशः गम्भिर सिंह पाख्रिन र टेक बहादुर बल ।
बागमती – बागमती नगरपालिका वडा नम्बर १ र २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् ।
१ मा निवर्तमान वडाध्यक्ष गम्भिर सिङ पाख्रिन र २ मा टेक बहादुर बल विजयी भएका हुन् । एकहजार ११५ मत सहित पाख्रिन विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सीता थापाले ६२७ मत मात्र प्राप्त गरिन् । त्यस्तै २ का बलले ४७५ मत सहित विजय प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी एमालेका धन बहादुर जिम्बाले ४४५ मत मात्र ल्याए ।
मेयर र उपमेयरमा भने माओवादीका भरत कुमार थापा र लिला कुमारी मोक्तानले अग्रता लिएका छन् । थापाले एकहजार ७०८ तथा मोक्तानको एकहजार ५८० मत रहेको छ । उनीहरुलाई एमालेका मेयर उमेद्वार टंक बहादुर बस्नेत (गोकुल) ले एकहजार २९ तथा उपमेयरमा सरिता घिसिङ एकहजार ३२६ मत सहित पछ्याईरहेका छन् । कांग्रेसका मेयर उम्मेद्वार सुरज कुमार सुवेदीको १६१ तथा उपमेयरमा पद्म कुमारी अधिकारी कोइरालाको १८३ मत रहेको छ । त्यहाँ अहिले वडा नम्बर ४ र ५ को मतगणना भईरहेको छ ।