logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

काैडेनामा फेरि झडप


  • उज्यालो अभियान

कौडेना गाउँपालिकाको कार्यालय ।

काैडेना – काैडेना गाउँपालिका कार्यालय स्थलमा शनिबार मध्यान्ह फेरि झडप भएकाे छ ।

काैडेना बजारमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लाेकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताहरु बीच झडप भएकाे हाे । मतगणनाका लागि गाउँपालिका कार्यालय भित्र सर्वदलीय बैठक भईरहेकाे बेला बाहिर जम्मा भएका कार्यकर्ताहरु बीच झडप भएकाे प्रहरीले जनाएकाे छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय पनि काैडेनामै छन् ।

काैडेना गाउँपालिका-४, माेतिपुरमा पुन: मतदान गर्नुपर्ने र हिजाे शुक्रबार भएकै मतदान गणना हुनुपर्ने भन्नेमा विवाद भएकाे बताईएकाे छ ।