logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीमा मतदान अधिकृत सहितका कर्मचारी खटाईए, हेर्नोस को कहाँ परे ?


  • उज्यालो अभियान

मतदान अधिकृत र सहायक मतदान अधिकृतको रुपमा खटिनका लागि गत विहिबार जानकी पार्टी प्यालेसमा प्रशिक्षण लिईरहेका शिक्षक एवं कर्मचारी । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – जिल्ला निर्वाचन कार्यालय मलंगवाले स्थानीय तह निर्वाचन अन्तर्गत आगामी वैशाख ३० गते हुने मतदानका दिन मतदान केन्द्रमा मतदान अधिकृत लगायत कर्मचारी खटाएको छ ।

जिल्ला स्थित ३१८ मतदानस्थलमा कायम ५९९ वटा मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी तोकेको हो । हरेक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, दुईजना सहायक कर्मचारी र एकजना सहयोगी कर्मचारी गरि दुईहजार ३९६ जनालाई खटाईएको जिल्ला निर्वाचन कार्यालय मलंगवाले जनाएको छ ।

लौ हेर्नोस् कुन मतदान केन्द्रमा को-को खटिए ?

जिल्ला निर्वाचन कार्यालयले गत विहिबार र शुक्रबार उनीहरुलाई प्रशिक्षण दिएको थियो । केन्द्र तोकिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई २६ र २७ गते नियुक्ति पत्र दिएर निर्वाचन सामग्री हस्तान्तरण गरिने र २८ गते सम्बन्धित मतदान केन्द्रमा पठाईने जिल्ला निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिए ।