logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

लालबन्दीमा राप्रपाको आमसभालाई अभिनेतृ रेखा थापा सहितका नेताले सम्बाेधन गरे


  • उज्यालो अभियान

लालबन्दीमा भएकाे आमसभालाई सम्बाेधन गर्दै अभिनेतृ रेखा थापा । (तस्बिर : सामाजिक संजाल)

लालबन्दी – आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार सर्लाहीको लालबन्दी बजारमा आमसभा सम्पन्न गरेको छ ।

लालबन्दी नगरपालिका–७, बजारस्थित कृषि विकास बैंकको चौरमा पार्टीको नगर कमिटीले आमसभा सम्पन्न गरेको हो । पार्टीका नगर कमिटी अध्यक्ष गंगा चौलागाईंको अध्यक्षता तथा पार्टीका पूर्व अध्यक्ष पशुपति शम्शेर जबराको प्रमुख आतिथ्यतामा आयोजित आमसभालाई पार्टीकी केन्द्रीय सदस्य एवं नेपाली चलचित्र क्षेत्रकी अभिनेतृ रेखा थापा, केन्द्रीय सदस्य किशोर बहादुर कार्की, पार्टीको तर्फबाट लालबन्दी नगरपालिकाको मेयर पदका उम्मेदवार उमेश खड्कालगायतले सम्वोधन गरेका छन् । सभामा पार्टीको विभिन्न पालिकाबाट नेता कार्यकर्ताहरु उपस्थित भएका थिए । यस्तै, पार्टीकी केन्द्रीय सदस्य रेखा थापाले मंगलबार नै लालबन्दी नगरपालिका-१६, परवानीपुरमा पनि पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई सम्बाेधन गरेकी थिईन् ।