logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बरहथवामा एमालेको पार्टी कार्यालय स्थापना


  • उज्यालो अभियान

बरहथवा – सर्लाहीको बरहथवामा सोमबार नेकपा एमालेको नगर पार्टी कार्यालय उद्घाटन गरिएको छ ।

बरहथवा बजारमा खुलेको पार्टी कार्यालयको पार्टीकी केन्द्रीय सदस्य कल्पना कटुवाल र संविधान सभा सदस्य हरि उप्रेतीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । पार्टी कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका जिल्ला सचिव केदार खत्री, नेताहरु माधव कोइराला, नरनाथ सहनी, रामबाबु साह, नवराज बस्नेत, अमरेन्द्र सिंह, रामबालक राय, महानन्द राय, रामबहादुर चौधरी, आनन्दी कुमारी पोखरेल लगायतको उपस्थिति थियो ।

पार्टी कार्यालय उद्घाटनकै अवसरमा नेकपा माओवादी परित्याग गरी सोमबहादुर लामा, कमला मगराती सार्की लगायत एमालेमा प्रवेश गर्नुभएको नेतृ कटुवालले जानकारी दिईन् ।

फाेटाे क्याप्सन : पार्टी कार्यालय उद्घाटन समाराेहमा उपस्थित एमाले नेता कार्यकर्ताहरु ।