logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कांग्रेस सर्लाहीले गठबन्धनका लागि वार्ता टाेली बनायाे


  • उज्यालो अभियान

मलंगवा – नेपाली कांग्रेस सर्लाहीकाे नव निर्वाचित जिल्ला कार्य समितिको पहिलो बैठक बुधबार सदरमुकाम मलंगवामा बसेको छ ।

बैठकले आगामी स्थानी तह निर्वाचनमा सत्ता गठवन्धन दलहरु बीच जिल्लास्थित २० वटा पालिकामा चुनावी तालमेल गर्न जिल्ला स्तरीय वार्ता टाेली गठन गरेकाे छ । जिल्ला उपसभापति डा. सरोजकाे संयाेजकत्वमा सचिव निरज कार्की र नेता सुरेन्द्र न्यौपाने सदस्य रहेको तीन सदस्यीय समिति समेत गठन गरेको छ ।

नवनिर्वाचित जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको अध्यक्षतामा बसेको बैठकले बरहथवाका बिगुप्रसाद चौधरीलाई जिल्ला कार्य समितिको कोषाध्यक्षमा मनोनित गरेको छ भने पिपरियाका शेष सहदुल्लालाई जिल्ला कार्य समितिको सदस्यमा मनोनित गरेको छ । चाैधरी अघिल्लाे जिल्ला अधिवेशनमा काेषाध्यक्षमा पराजित भएका थिए भने सहदुल्ला क्षेत्रिय अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा वीजयी भएपनि भर्खरै सम्पन्न जिल्ला अधिवेशनमा उपसभापतिमा भने पराजित भएका थिए ।

फोटो क्याप्सन : सदरमुकाम मलंगवामा बसेको कांग्रेस जिल्ला कार्य समितिको बैठकका सहभागीहरु । (तस्बीर : उज्यालो अभियान)