जुटपानी – सर्लाहीको हरिवन नगरपालिका-११, स्थित सनराईज आवासीय विद्यालयका विद्यार्थीले खाजा खर्चको रकम जोगाएर वृद्दाश्रममा सहयोग गरेका छन् ।
विद्यालयको कक्षा ८ अन्तर्गत सेक्सन ए र बी का विद्यार्थीहरुले आफ्नो खाजा खर्च जाेगाएर बचेकाे १० हजार ८२० रुपैयाँ मंगलबार पद्म-भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीमा सहयोग गरेका हुन् । विद्यार्थीहरुले विद्यालयका प्रवन्ध निर्देशक प्रवेश पोखरेलसहित आश्रममा आएर सो रकम हस्तान्तरण गर्नुका साथै वृद्धवृद्धाहरुलाई दिउँसोको खाजा स्वरुप बिस्कुट र चिया खुवाएकाे आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।
यस्तै, बागमती नगरपालिका–७, नेवार टोलका ढालबहादुर खड्काले मंगलबार जुटपानी आश्रममा भोजन गराएका छन् । उनले स्वर्गिय आमा बालकुमारी खड्काको वार्षिक पुण्यतीथि (श्राद्ध) को अवसरमा जुटपानी आश्रमका वृद्धवृद्धालाई बिहानको एक छाक मिष्ठान्न भोजन गराएका हुन् ।
फाेटाे क्याप्सन : मंगलबार वृद्दाश्रममा नगद हस्तान्तरण गर्न पुगेका सनराईजका प्रबन्ध निर्देशक प्रवेश पाेखरेल तथा विद्यार्थीहरु । (तस्बिर : उज्यालाे अभियान)