logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

व्यवसायी रायमाझीकाे हत्या गर्न ´सुपारी` दिएकाे आराेप लागेका बागमती नगरपालिकाका लेखा अधिकृत पाेखरेल पक्राउ


  • उज्यालो अभियान

मलंगवा - सर्लाहीकाे हरिवन निवासी व्यवसायी अर्जुन रायमाझीलाई गोली हान्न ´सुपारी` दिएको आराेप लागेका बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पाेखरेल पक्राउ परेका छन् ।

हरिवन नगरपालिका-९ नाेचा निवासी ५० वर्षीय पोखरेललाई जिल्ला प्रहरी कार्यालय म्याग्दीकाे टाेलीले आईतबार म्याग्दीबाट पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । अभियुक्त पाेखरेललाई राती नै म्याग्दीबाट सर्लाहीतर्फ हिँडाईएकाे र साेमबार बिहानसम्म सदरमुकाम मलंगवा ल्याई पुर्याउने प्रहरी स्राेतले जनाएकाे छ । साेमबार कार्यालय समय सूरु हुनेवितिकै जिल्ला अदालत मलंगवाबाट म्याद लिएर अभियुक्त पाेखरेल विरुद्द थप अनुसन्धान अगाडि बढाईने प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिए ।

गत पुस २२ गते जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि लेखा अधिकृत फरार भएका थिए । लेखा अधिकृत पाेखरेलकाे याेजनामा आफूलाई गाेली हान्न हरिवनसम्मै ३ जना भारतीय ´सुटर` ल्याएकाे भन्दै व्यवसायी रायमाझीले जिल्ला प्रहरी कार्यालय मलंगवामा जाहेरी दिएका थिए ।

फाेटाे क्याप्सन : म्याग्दीमा पक्राउ परेका लेखा अधिकृत विश्वराज पाेखरेल (मास्क लगाएका) । (तस्बिर स्राेत : सामाजिक संजाल)