logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

ईन्दुशंकरमा आज साँझ ५ बजेसम्म उखु ल्याउन उद्योगको सूचना


  • उज्यालो अभियान

सर्लाहीको हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगको यार्डमा उखु बोकेका सबारी साधनको लाम । (फाईल तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन स्थित इन्दुशंकर चिनी उद्योगले किसानलाई मंगलबार साँझ ५ बजेसम्म उद्योगमा उखु ल्याइसक्न आग्रह गरेको छ ।

उद्योगले सोमबार अन्तिम सूचना निकालेर चालू सिजन २०७८/०७९ को उखु क्रसिङ केही दिनभित्रै बन्द गर्न लागिएकाले मंगलबार साँझ ५ बजेसम्म उखु ल्याइसक्न आग्रह गरेको हो । उद्योगले सो समयभित्र उखु नल्याउँदा कसैको उखु खडा रहन गएमा सो उखुको जिम्मेवार उद्योग नहुने समेत सूचनामा उल्लेख गरेको छ । सर्लाहीमा रहेका तीनवटा चिनी मिलमध्ये महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल केही दिनअघि नै बन्द भइसकेका छन् ।