logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

फकिरालाई मलंगवाबाट हेलिकप्टरमा काठमाडाैं लगियाे


  • उज्यालो अभियान

फाइल तस्बीर ।

मलंगवा – नेकपा माओवादी केन्द्रका नेता फकिरा महताेलाई शुक्रबार साँझ उपचारका लागि हेलिकप्टरमा काठमाडाैं लगिएकाे छ ।

मुटुकाे समस्याका कारण निकै असहज महसुस भएपछि धनकाैलकाे हरकठवा घर भएका महताेलाई उपचारका लागि अहिले साँझ साँढे ५ बजे हेलिकप्टरबाट काठमाडाैं लगिएकाे जानकारी आएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । उपचारका लागि मलंगवा ल्याईएकाे र निकै असहज महसुस भएपछि तत्काल सिम्रिक एयरकाे हेलिकप्टर मगाएर महताेलाई काठमाडाैं तर्फ लगिएकाे बताईएकाे छ । महताेलाई लिन आएकाे हेलिकप्टर सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिकाे मैदानमा ओर्लिएकाे थियाे ।

महताे २०७४ सालकाे निर्वाचनमा क्षेत्र नम्बर ४ प्रदेश क मा माओवादीकाे तर्फबाट प्रदेश सभा सदस्यकाे उम्मेद्वार थिए ।

फाेटाे क्याप्सन : फकिरा महताेलाई लिन मलंगवामा आएकाे हेलिकप्टर । (तस्बिर : उज्यालाे अभियान)