सांकेतिक तस्बिर ।


बलरा – सर्लाहीको बलरामा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ ।


गडहीया–बलरा सडक अन्तर्गत बलरा नगरपालिका–४ मा भारतीय बीआर ३० एल ८०४५ नम्वरको मोटरसाइकल पल्टिँदा जिल्लाको रामनगर गाउँपालिका–२ का ७० वर्षीय राम एकवाल राय यादवको मृत्यु भएको हो । यादवलाई घटनास्थलबाट उठाएर उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सदरमुकाम स्थित मलंगवा नगरपालिका–४ मा भारतीय बीआर ३० ई २७०८ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक कविलासी नगरपालिका–९ सलेमपुरका २४ वर्षीय प्रमोद यादव घाईते भएका छन् । उनको जिल्ला अस्पताल मलंगवामा उपचार चलिरहेको छ ।
त्यसैगरी, मलंगवा नगरपालिका १ भेडहियामा पानीमा डुबेर २ वर्षका बालकको मृत्यु भएको छ । खेल्ने क्रममा घर अगाडि नालामा जमेको पानीमा डुबेर पप्पु मण्डलका छोरा बजरंगी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।