कांग्रेस नेता वीरेन्द्र कुमार सिंह ।


धनकौल – नेपाली कांग्रेसका प्रदेश सांसद एवं प्रदेश २ को कृषि तथा भूमी व्यवस्थापन समितिका सभापति वीरेन्द्र कुमार सिंहले पार्टीको आगामी १४ औँ महाधिवेशनमा प्रदेश महामन्त्री पदमा उम्मेदवारी दिने मनसाय बनाएका छन् ।


कांग्रेस सर्लाहीका प्रभावशाली नेता सिंहले उज्यालो अभियानसँगको कुराकानीमा पार्टीलाई थप सुदृढ र मजबुत बनाउन आफू प्रदेश समितिको महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताएका हुन् । सिंहले अहिले सर्लाहीको ४ नम्वर निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका कार्यकर्तामाथि भइरहेको अन्याय विरुद्ध र अन्य पार्टीका कार्यकर्तालाई कांग्रेसमा भित्र्याउने अभियानमा नेतृत्व गरिरहेका छन् ।

आफू कांग्रेसलाई सबै वर्गको साझा र अपनत्व महसुस हुने पार्टी बनाउन लागि परेको सिंहको भनाई छ । उनले आउँदो चुनावपछि प्रदेश २ मा कांग्रेस नेतृत्वको सरकार बनाई यस प्रदेशबाट अशान्ति, भ्रष्टाचार र अशिक्षालाई विस्थापित गर्ने लक्ष्य आफ्नो रहेको सुनाए ।
समृद्धि, शिक्षित र विकसित प्रदेशको कल्पनासहित आफूले कांग्रेसको प्रदेश महामन्त्री पदमा उम्मेदवारी दिने मनासय बनाएको नेता सिंहले बताएका छन् ।