गत वर्ष स्थानीयले गरेको आन्दोलनलाई सम्वोधन गर्दै हरिवन नगरपालिकाका उपमेयर रेणुका पौडेल । (फाइल तस्बिर : उज्यालो अभियान)
हरिवन – सर्लाहीको हरिवन नगरपालिकाका मेयर सहितको टोलीले वुधवार ईन्दुशंकर चिनी उद्योगको अनुगमन गरेको छ ।


सो उद्योगबाट निस्कने धूलो, धुँवा र प्रदुषणको विरुद्धमा गत वर्ष स्थानीय वासिन्दाले आन्दोलन गरेपछि त्यसको नियन्त्रणका लागि पहल गर्न मेयर गणेश प्रसाद प्रसाईको संयोजकत्वमा टोली गठन गरिएको थियो । सो समितिले उद्योगबाट प्रदुषण नियन्त्रणमा भइरहेको अवस्थाबारे वुधवार स्थलगत रुपमा अनुगमन गरी जानकारी लिएको हो ।

त्यसक्रममा उद्योगले धूलो, धुँवा र प्रदुषण नियन्त्रणका लागि उपकरणहरु जडानको काम गरिरहेको पाइएको उद्योग छेउ बासाटोलमा घर रहेका स्थानीयवासी एवं संघर्ष समितिका संयोजक सुरेश भट्टराईले जानकारी दिए । उखु क्रसिङको सिजनमा बर्सेनि धुलो धुँवा र गन्धले उद्योग आसपासका वासिन्दा आजित हुँदै आएका छन् ।
