सुन्दरपुर चोहर्वाका मुसहरहरुको पक्की घर शिलान्यास गर्दै प्रदेश प्रदेश सांसद् सिंह ।
बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–१३, सुन्दरपुर चोहर्वामा ३३ घर मुसहर परिवारका लागि पक्की घर निर्माण गर्न सुरु गरिएको छ ।
प्रदेश सरकारबाट प्राप्त रकमले पिछडिएको मुसहर समुदायका लागि घर निर्माण गर्न लागिएको हो । घर निर्माण कार्यको प्रदेश सांसद् एवं नेपाली कांग्रेसका नेता वीरेन्द्रप्रसाद सिंहले शुक्रवार शिलान्यास गरे । मुसहरहरुका लागि घर बनाउन प्रदेश सरकारले प्रतिघर ३ लाख ३८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सुन्दरपुर चोहर्वाका मुसहर समुदायका लागि यसअघि पनि जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरिएको थियो । तर कतिपय घरहरु निर्माणको क्रममा अधूरै छाडिँदा स्थानीय आफैले बेराघेरा र फुसको छानो हालेर बसेका छन् ।
यसैबीच घर शिलान्यास कार्यक्रममै नेकपा सहित अन्य पार्टी परित्याग गरी ४५ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका प्रदेश सभा सदस्य सिंहले दावी गरे ।