बसबरिया, ०१ मंसिर – बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन यादव आज साँझ पक्राउ परेका छन् ।
किर्ते गरी गाउँसभा गरेको आरोपमा अध्यक्ष यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले बताए ।
यादवलाई पक्राउ गरी मलंगवा लगिएको छ ।