logo
  • मङ्लबार, कार्तिक ११, २०८३ / Tuesday, Oct, 27 ,2026

बुढ्यौली रचना वाचन कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

हरिवन, २७ भदौ – सर्लाहीको हरिवनमा आज बुढ्यौली रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीले युवाकवि मोती जयन्तीको उपलक्ष्यमा साहित्य कार्यक्रम सम्पन्न गरेको हो । कोषाध्यक्ष राम आचार्यको संचालन तथा संस्थाका अध्यक्ष घनश्याम पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा लम्बोदर काफ्ले, राजकुमार लामिछाने, रमेश मोहन अधिकारी, नारद काफ्ले, उत्तम दाहाल, सामुदायिक पुस्तकालयका अध्यक्ष यामिनी कुमार दीप, उपाध्यक्ष रामशरण उप्रेती, कृष्णबहादुर केसी, अर्जुन थापा, जीवन आचार्य, केदार सिग्देल, सुदर्शन भट्टराई, देवी घिमिरे, राधा थापा, पार्वती गौतम, सुलोचना कुमारीलगायतका स्रष्टाहरुले मन्तव्य र रचना वाचन गरेका छन् ।

बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीले बेलाबेलामा यस प्रकारको साहित्यिक कार्यक्रम गर्दै आइरहेको छ ।