logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनमा कवि सुदेश सत्याल साँझ


  • उज्यालो अभियान

हरिवन, १२ बैशाख – सर्लाहीको हरिवनमा छन्द कवि सुदेश सत्यालले प्रस्तुति दिएका छन् ।

हरिवन नगरपालिका ८ स्थित वडा कार्यालय परिसरमा छन्द कवि सत्यालको एकल कवितावाचन कार्यक्रम सम्पन्न भएको हो । नेपाली साहित्य क्षेत्रमा आशालाग्दा प्रतिभाको रुपमा उदाएका सत्याललाई आमन्त्रण गरी खुला कवितावाचन कार्यक्रम गरिएको हरिवन ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाले जानकारी दिए ।

कार्यक्रममा हरिवन क्षेत्रका ५० जना बढी साहित्यप्रेमी सरिक भएका थिए । छन्द कवि सत्यालको उक्त कार्यक्रमकै अवसरमा जेनजी आन्दोलनमा जलाइएको वडा कार्यालय भवन पुनः सञ्चालनमा ल्याइएको वडाध्यक्ष ढुंगानाले बताए ।

लोकतन्त्र दिवसको अवसर पारेर कवि सुदेश सत्यालको साँझ र वडा कार्यालय भवन पुनः सञ्चालन कार्यक्रम एकसाथ सम्पन्न गरिएको हो ।