logo
  • शनिबार, साउन ९, २०८३ / Saturday, Jul, 25 ,2026

योङस्टारलाई परवानीपुर कपको उपाधि


  • उज्यालो अभियान

वुद्धबहादुर विश्वकर्मा/लालबन्दी, ०३ बैशाख – योङस्टार युवा क्लबले लालबन्दी नगरपालिका १५ देउराली भूमरामा आयोजित परवानीपुर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आयोजक नवमिलन युवा क्लबलाई २–१ ले पराजित गर्दै लालबन्दी १६ परवानीपुरको योङस्टार युवा क्लबले उपाधि हात पारेको हो । जितसँगै योङस्टारले नगद १५ हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता नवमिलनले भने सात हजार रुपियाँमा चित्त बुझायो ।

प्रतियोगिताको बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीलाई लालबन्दी १५ र १६ का वडाध्यक्ष क्रमश : गोरखबहादुर बल र गणेश थापालगायत भएर पुरस्कार वितरण गरेका छन् ।

नवमिलन युवा क्लबले लालबन्दी १५ नं. वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न गरेको हो ।