जब्दी, २० चैत – दोभान युवा क्लब जब्दी सर्लाहीसँगको प्रतिस्पर्धामा सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) को छिन्नमस्ता बाहिनी बर्दिवास पराजित भएको छ ।
राष्ट्रियस्तरको सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी कप) को तयारीमा रहेको छिन्नमस्ता बाहिनीले दोभान युवा क्लबको घरेलु मैदान लालबन्दी ३ जब्दीमा हिजो मैत्रीपूर्ण फुटबल खेल खेलेको थियो । जसमा दोभान युवा क्लबले छिन्नमस्ता बाहिनीलाई २-० ले पराजित गरेको हो ।
दोभान युवा क्लबको जितमा बिक्की पासवान र नवीन चौधरीले गोल गरे ।
आइजिपी कपको तयारीमा रहेको सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीको आग्रहमा एउटा मैत्रीपूर्ण खेल खेलिएको जब्दी निवासी फुटबल प्रशिक्षक अर्जुन चौधरीले जानकारी दिए ।