logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

तेस्रो लालबन्दी महोत्सवको समापन


  • उज्यालो अभियान

लालबन्दी, १७ चैत – “आर्थिक समृद्धि र स्वरोजगारको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नारासहित आयोजित तेस्रो लालबन्दी महोत्सवको समापन गरिएको छ ।

उद्योग वाणिज्य सङ्घ लालबन्दीले चैत ४ गतेदेखि लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित भूदेव खाद्य उद्योग परिसरमा आयोजना गरेको महोत्सव हिजोबाट सकिएको हो । स्थानीय उत्पादन तथा सेवाको बजारीकरण, आन्तरिक तथा बाह्य लगानी प्रवद्र्धन, रोजगारीका अवसरहरुको सिर्जना, उद्यमशीलताको विकास तथा स्थानीय कला–संस्कृति, परम्परा र पहिचानको संरक्षण एवं प्रवद्र्धनमा योगदान पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो ।

महोत्सवको हिजो मधेश प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । सांगीतिक कार्यक्रम भने राति अबेरसम्म गरिएको थियो ।

महोत्सव समापन समारोहमा महोत्सवलाई सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संघसंस्था, मेलास्थलमा आएर स्टल राख्ने उद्योगी, व्यवसायी, किसानलगायतलाई सम्मानसमेत गरिएको आयोजक उद्योग वाणिज्य संघ लालबन्दीका महेशकुमार महतोले जानकारी दिए ।