logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सुरक्षित वैदेशिक रोजगारसम्वन्धी अभिमुखीकरण सम्पन्न


  • उज्यालो अभियान

हरिपुर, २१ पुस – हरिपुर नगरपालिकाको आर्थिक सहयोग तथा मुनाल सामुदायिक संस्थाको प्राविधिक सहयोगमा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

नगरपालिकाका वडा नम्बर १, २, ६ र ८ मा संचालन गरिएको कार्यक्रमबाट २१० जना युवायुवती लाभान्वित भएका छन्। कार्यक्रममा वैदेशिक रोजगारमा जानुअघि अपनाउनुपर्ने आवश्यक तयारी, सुरक्षित प्रक्रिया, ठगीबाट बच्ने उपाय तथा कानुनी व्यवस्थाबारे जानकारी प्रदान गरिएको मुनाल सामुदायिक संस्थाले जनाएको छ।

कार्यक्रम वडा नम्बर १, २ र ६ मा तीन–तीन दिन तथा वडा नम्बर ८ मा छ दिन संचालन गरिएको हो। हरिपुर नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को बजेटअन्तर्गत सुरक्षित वैदेशिक रोजगारसम्बन्धी योजना समावेश गरी कार्यक्रम संचालन गरिएको नगरपालिकाका शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख नागेश्वर यादवले जानकारी दिए ।

उनका अनुसार कार्यक्रमबाट विदेश जाने युवाले आवश्यक प्राविधिक तथा व्यवहारिक ज्ञान प्राप्त गरेको बताए । नगरका ती वडामा १५ दिनसम्म संचालन भएको कार्यक्रमको सहजीकरण नगरपालिका अन्तर्गत रोजगार केन्द्रका दिपेन्द्र चौधरी, प्रशिक्षक धन्जय पौडेल र देवीका कार्कीले सहजीकरण गरेका हुन् ।

कार्यक्रममा हरिपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नानीबाबु थापा, वडा नम्बर २ का वडाध्यक्ष निल विक्रम थापा, वडा नम्बर ६ का वडाध्यक्ष प्रेमहरी श्रेष्ठ र वडा नम्बर ८ का वडाध्यक्ष हरिबहादुर थापा लगायतको सहभागिता रहेको थियो।