लालबन्दी, २१ पुस – सर्लाहीमा आज बिहानदेखि शीतलहर रोकिएको छ ।
यहाँ आज हुस्सु र कुहिरो पनि पातलो मात्रामा लागिरहेको स्थानीयले बताएका छन् । तर मौसम भने धुम्मिएको छ ।
यसअघि हिजो बेलुकापख पानी परेको झैँ शीतलहर चल्दा पैदलयात्रु, साइकल यात्रु र मोटरसाइकल चालकहरु लुथ्रिक्कै भएर भिजेका थिए । आज भने जिल्लाको सबैभेगको मौसम केही सुधार भएको हो ।
चिसोले कठ्यांग्रिएका सर्वसाधारण घाम लाग्ने आशमा बसेका छन् । सर्लाहीमा धेरै दिनपछि गएको बिहीबार र शुक्रबार दिउँसोपख घाम लागेको थियो ।
तर शनिबारदेखि भने फेरि घाम नलाग्दा मानिस प्रभावित छन् । घामै नलाग्दा नुहाइधुवाइदेखि अन्य दैनिकी नै प्रभावित भएको स्थानीयको गुनासो छ ।