logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अशक्तलाई ह्वील चेयर प्रदान


  • उज्यालो अभियान

लालबन्दी, १९ पुस – सर्लाहीको परवानिपुर र घारिबथानका दुई जना अशक्त व्यक्तिलाई आज एक/एक थान ह्वील चेयर प्रदान गरिएको छ ।

लालबन्दी नगरपालिका–१६, परवानिपुर भोर्लेनीका सात वर्षीय बालक सोमित जिम्बा र ईश्वरपुर नगरपालिका–१२, घारिबथानकी दीपकुमारी भुजेललाई ह्वील चेयर उपलब्ध गराइएको हो । शारीरिकरुपमा अशक्त दुवै जना अरुको सहारामा हिँड्डुल गर्छन् ।

उनीहरुलाई लालबन्दी घरभइ हाल डेनमार्कमा रहेका भुवनध्वज थापाले ह्वील चेयर उपलब्ध गराएका समन्वयकर्ता एवं लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार शारीरिकरुपमा अशक्त जिम्बा र भुजेललाई आज उनीहरुको घरमै पुगेर जनप्रतिनिधि तथा गाउँका अगुवाको रोहबरमा ह्वील चेयर हस्तान्तरण गरिएको हो ।

डेनमार्कमा रहेका समाजसेवी थापाले यसअघि पनि लालबन्दीका विभिन्न सामुदायिक विद्यालय र त्यहाँ अध्ययनरत विद्यार्थीलाई सहयोग प्रदान गरेका थिए ।