logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नवनियुक्त मन्त्री रायलाई कांग्रेस सर्लाहीको सम्मान


  • उज्यालो अभियान

मलंगवा, २२ मंसिर – नेपाली कांग्रेस सर्लाहीले मधेश सरकारका नवनियुक्त मन्त्री जंगिलाल रायलाई सम्मान गरेको छ ।

सर्लाहीकै कविलासी नगरपालिका सलेमपुर निवासी रायलाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले आज सदरमुकाम मलंगवामा सम्मान गरेको हो । सर्लाहीको क्षेत्र नं. २ (क) बाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित राय हिजो मात्रै मधेश सरकारको मन्त्रीमा नियुक्त भएका थिए ।

उनलाई तत्काल मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन् । अब बुधबार नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिएपछि रायलाई मन्त्रालयको जिम्मेवारी तोकिने बुझिएको छ ।

नवनियुक्त मन्त्री रायलाई कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंह, कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमार, पूर्व जिल्ला सभापतिहरु सुरेन्द्रप्रसाद सिंह, नागेन्द्र कुमार, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठलगायतका नेताहरुले सम्मान गरेका छन् ।

जिल्ला पार्टी कार्यालय मलंगवामा कार्यक्रमको आयोजना गरी नवनियुक्त मन्त्री रायलाई सम्मान गरिएको कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए ।