logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अव्यवस्थित पार्किङ हटाइयो, आउजाउमा सहजता


  • उज्यालो अभियान

मलंगवा, ०९ मंसिर – सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडिको सडकमा रहेको अव्यवस्थित पार्किङ हटाइएको छ ।

मलंगवा नगरपालिका १० नं. वडा कार्यालयले सिडिओ कार्यालय अगाडिको सडकमा अवस्थित मोटरसाइकल पार्किङ हटाएको हो । सडकमा यत्रतत्र मोटरसाइकल राख्दा जिल्ला प्रशासन कार्यालयसम्म पुग्न सेवाग्राही, कर्मचारी तथा अन्यलाई असाध्य असहज रहेको थियो ।

सडकबाट हटाइएको पार्किङ छेउमै जिल्ला समन्वय समिति (साबिक जिविस चौर) मा सारिएको हो । मलङ्गवा नगरपालिका १० नं. वडा कार्यालयले अहिले प्रतिमोटरसाइकल २० रुपियाँ शुल्क लिएर पार्किङको व्यवस्था मिलाएको छ ।

वडा कार्यालयले एक जना कर्मचारीलाई खटाउनु परेकाले न्यूनतम पार्किङ शुल्क २० उठाइएको जनाएको छ । मलंगवा नगरपालिका–१०, का वडाध्यक्ष मुकेशकुमार झाले मानिसको असाध्य भिडभाड हुने सिडिओ कार्यालय अगाडिको अव्यस्थित पार्किङलाई क्रमिक रुपमा व्यवस्थित बनाउँदै लाने योजना रहेको सुनाए ।