logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मलंगवामा ७ दलको मसाल जुलुस, प्रहरीसँग धकेलाधकेल


  • उज्यालो अभियान

मलंगवा, २९ कात्तिक – मुख्यमन्त्री नियुक्तिमा असन्तुष्ट रहेका विभिन्न ७ राजनीतिक दलले सर्लाही सदरमुकाम मलंगवामा अहिले साँझ मसाल जुलुस निकालेका छन् ।

केही दिनअघि तत्कालिन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान विपरीत एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै त्यसैको विरोधस्वस्वरुप प्रदर्शन गरिएको जनता समाजवादी पार्टी सर्लाहीका अध्यक्ष रणधीर यादवले जानकारी दिए । प्रदेशका सभामुख रामचन्द्र मण्डलको समेत विरोधमा यस प्रकारको प्रदर्शन गरिएको यादवले बताए ।

आन्दोलित ७ राजनीतिक दलले संविधान अनुसार नयाँ मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन् । मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा आन्दोलित राजनीतिक दलका नेता, कार्यकर्ता र प्रहरीबिच केहीबेर धकेलाधकेल समेत भएको छ ।