logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कांग्रेस सर्लाहीद्वारा २० वटै पालिकामा दीप प्रज्वलन


  • उज्यालो अभियान

कांग्रेसले हरिवन चोकमा गरेको दीप प्रज्वलन । (तस्बीर : सन्जु/उज्यालो अभियान)

सन्जु कर्ण/हरिवन, ०४ असोज – नेपाली कांग्रेस सर्लाहीले आज (शनिबार) जिल्लाको २० वटै पालिकामा दीप प्रज्वलन गरी जेनजी आन्दोलनमा सहीद भएकाहरुप्रति श्रद्धान्जली व्यक्त गरेको छ ।

जेनजी पुस्ताको आन्दोलन अन्तर्गत पहिलो दिन भदौ २३ गते काठमाडौं संसद भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाएकासहित त्यसपछि सोही घटनालाई लिएर भएका बिद्रोहमा निधन भएकाप्रति श्रद्धान्जली व्यक्त गर्दै २० वटै पालिकामा श्रद्धान्जली कार्यक्रम गरिएको कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए । कार्कीका अनुसार जिल्लाबाट भएको निर्णय बमोजिम जिल्लाका ११ नगरपालिका र ९ गाउँपालिकामा रहेका समितिले आज साँझ चोकचौतारा तथा मुख्य बजार क्षेत्रमा दीप प्रज्वलन गरेका हुन् ।

कांग्रेस सर्लाहीले घटनाप्रति दुःख व्यक्त गर्दै जेनजी आन्दोलनमा सहादत भएका सबैप्रति श्रद्धान्जलीसमेत व्यक्त गरेको छ । गाउँ तथार नगर समितिले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा पार्टीका उपलब्ध अगुवा, नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

जेनजी आन्दोलनपछि पहिलो कार्यक्रमस्वरुप कांग्रेस सर्लाहीले शुक्रबार विविध कार्यक्रम गरी संविधान दिवससमेत मनाएको थियो ।